नेपाल सरकार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

हनुमान्‌ढोका दरबार संग्रहालय विकास समिति

हनुमान्‌ढोका,काठमाडौँ

आज मिति २०८३ साल वैशाख १८ गते वैशाख शुक्ल पूर्णिमाको दिन २५७० औं बुद्ध जयन्तीको पावन अवसरमा काठमाडौं वडा नं.२३ ओमबाहलको न्हुँच्छे वहालबाट हराई संयुक्तराज्य अमेरिका पुगी फिर्ता आएको प्रस्तरको बुद्धको मूर्ति हनमान्‌ढोका दरबार सङ्ग्रहालयको नासलचोकबाट बाजागाजासहित यथास्थान मै लगी पुनस्थापना गरियो।