Government of Nepal

Ministry of Culture, Tourism and Civil Aviation

Hanumandhoka Durbar Museum Development Committee

Hanumandhoka, Kathmandu

Gallery 1

देशको सन्तुलीत विकास गरि पशु धनको संरक्षण विकास गर्दै पशु सेवालाई सुदृढिकरण गर्ने नेपाल सरकारको निती बमोजिम २०२२ सालमा जुम्ला स्थित खलंगामा पशु चिकित्सालयको स्थापना भई पशु पालक कृषकहरुलाई सेवा तथा टेवा पु–याउने कार्यको शुरुवात भएको देखिन्छ । आ.व. २०४८।०४९ देखि पशु सेवा विभागलाई कृषि विभाग अन्र्तगत संयुक्त छानामुनी राखिएको र सोहि अनुरुप जिल्ला स्तरमा समेत पशु सेवा कार्यालयलाई जिल्ला कृषि विकास कार्यालय अन्र्तगत राखिएकोमा आम कृषकहरुको चाहाना अनुरुप २०५२ साल देखि कृषि विभागवाट अलग भई पूनः पशु सेवा विभाग स्थापना भएको र जिल्ला स्तरमा समेत कृषि विकास कार्यालयको छानावाट अलर्गै जिल्ला पशु सेवा कार्यालय जुम्लाको स्थापना भई जिल्लाको भौगलिक अवस्था तथा विभिन्न ईलाकाको आधारमा कार्यालयले जिल्लामा ३ वटा पशु सेवा केन्द्र र १२ वटा पशु सेवा केन्द्र उपकेन्द्रवाट पशुसेवा संग सम्वन्धित सेवा प्रवाह गर्दै आइकोछ । २०७० साल वाट नेपाल सरकारले संरचनालाई पुनरावलोकन गरि यस जिल्लामा सेवाकेन्द्र क १ वटा, सेवाकेन्द्र ख १४ वटा र जिल्ला पशु सेवा कार्यालयको कार्यजालो वनाई पशु सेवा संग सम्वन्धित विविध सेवा निरन्तररुपले प्रवाह भई रहेको छ ।